काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा धारणा राख्दै उनले हावादारी कुरा गरेर नेपाली नागरिकलाई नझुक्याउन सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली राष्ट्रवादी भएको बताए । उनले भने, ‘उत्तर(दक्षिण र पूर्व(पश्चिममा सिमानाको रक्षा गरेर बसेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुलाई राष्ट्रवादबारे पाठ पढाउन जरुरी छैन ।


।’

संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै देउवाले भने, ‘हामीले संविधान संशोधनको प्रयास गर्यौं तर सफल भएन। यो सरकारले सर्वस्वीकार्य बनाउनु पर्ने थियो।’

सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गरे। सरकारसँग दुरदृष्टि नभएर नयाँ कार्यक्रम आएको पनि उनको टिप्पणी थियो। उनले सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गर्दै सरकारसँग दुरदृष्टि नभएर नयाँ कार्यक्रम आएको बताए ।

देउवाले भने, ‘नीति तथा कार्यक्रम सुन्दा मेरो मनमा एउटा प्रश्न आयो, खै त आगामी वर्षको कार्यक्रमरु’ उनले हावादारी कुराले मात्र देश अगाडि नबढ्ने दाबी गरे।

सम्बोधनको सुरुमै राष्ट्रपतिले ‘सम्माननीय’ शब्दको उचारण नगरेकोप्रति व्यंग्य गर्दै देउवाले भने, ‘राष्ट्रपतिले सम्मानीय नभने पनि म सम्मानीय सभामुख भन्छु।’