काठमाडौं: राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरी जनमत संग्रह सम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संबैधानिक व्यवस्था रहेको छ ।

जनमतसंग्रह सम्बन्धी सूचना संसद् सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ । संघीय संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा २ तिहाइ सदस्यको बहुमतबाट पारित भएमा प्रस्ताव स्वीकृत भएको मानिने छ ।

प्रस्तावमाथि संयुक्त बैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा गरिने ब्यवस्था छ । प्रस्ताव पारित भएको जानकारी संसद् सचिवालयका महासचिवले सरकार र निर्वाचन आयोगलाई गराउनु पर्ने छ ।


नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।