काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान बचाउन सफल भएको छ ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि कार्यान्वयनमा आएको बताइन् ।

फाइल तस्विर (g00gle बाट)


प्रकाशित मितिः बुधबार, कार्तिक २०, ०६:२६