बागलुङः गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको अध्यक्षमा रमेश कुमार खत्री चयन भएका छन् ।

क्षेत्रीय समिति टोकियोको सम्पन्न भेलाले आगामी २ वर्षे कार्य अवधिको लागि अध्यक्षमा खत्री सहित २६ जनाको कार्यसति चयन गरेको हो ।

जापानको टोकियोमा सम्पन्न पाँचौं अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरिएको गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले जानकारी दिए ।

कार्यसमितिको उपाध्यक्षमा राजु बस्नेत, दुर्गा खत्री, हिमाल कँडेल र दुर्गा थापा, सचिवमा दिनेश थापा, लेखा समिति संयोजकमा कृष्ण गौतम, उप संयोजकमा सन्तोष पुन र दिपक सुवेदी चयन भएका छन् । समितिको कोषाध्यक्षमा इश्वर बस्नेत, सह–सचिवमा रविन के.सी., बसन खत्री, सह कोषाध्यक्षमा प्रकाश न्यूरे र प्रकास के.सी. रहेका छन् ।


त्यस्तै समितिको सदस्यहरुमा क्रमशः दण्ड के.सी., राजन कँडेल, दिपक सुवेदी, डम्मर खत्री, थम क्षत्री, धन बहादुर खत्री, मिलन गैरे, महेश तुलाचन, गगन खत्री, रामु खत्री, प्रकाश कार्की र तेजेन्द्र सिंह बस्नेत रहेका छन् ।

गलकोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्रीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु, सक्रिय सदस्यहरू लगायतलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सचिव दुर्गा खत्री र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु बस्नेतले प्रस्तुत गरेका थिए ।

गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान बस्दै आएका नागरिकहरुको हक हित र अधिकार अनि सामाजिक एकताको निमित्त समाज स्थापना गरिएको छ । समाजले स्थापनाकाल देखि विभिन्न सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ ।

  • थम्मन थापा

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, २०:४९