पोखराः गलकोट समाज पोखराको ७ औं साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले खडक बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ । समितिको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्षमा कृष्णबहादुर खत्री, सचिवमा गणेश बहादुर खत्री, कोषाध्यक्षमा खिमबहादुर थापा र सह-सचिव धनबहादुर परियार रहेका छन् । सदस्यहरुमा गंगा साहानी, खिमा भण्डारी, धन कुमारी श्रीष, चेत बहादुर भण्डारी, हिरा बहादुर खत्री, भेष बहादुर खत्री र दिल बहादुर खड्का रहेका छन । अधिवेशन मार्फत पम्फा खत्री र शेर बहादुर खड्कालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।


कार्यक्रममा बोल्दै बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःख सुखको साथी सहित पर्यटन प्रवर्द्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे ।

सो अवसरमा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक न्युरोड पोखरा शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्रा.डा. भवानी पाण्डे, कृष्ण बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शिक्षाप्रेमी मोहन चन्द राजन, नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिन बहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष राधिका खत्रीको स्वागत र सचिव कृष्ण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

गलकोट समाज पोखरा सामाजिक कार्यसँगै गलकोटबाट पोखरामा बसोबास गर्ने नागरिकहरुको हक हितमा सक्रिय रहँदै आएको छ । संस्थाले विभिन्न समयमा तालिम, गोष्ठी, अन्तरकृया, बेसाहारा लाई आर्थिक सहयोग लगायतका कार्यहरु गर्दै आएको छ ।

  • थम्मन थापा

प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, ०८:१४