काठमाडौंः विश्वहिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नु पर्ने माग गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्वहिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नु पर्ने माग राखेको हो ।

कार्यक्रममा विश्व हिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपीलगायतको संरक्षण र विकास गर्नु पर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्व बजारमा पु¥याउनु पर्ने संघले माग राखेको छ ।

कार्यक्रममा विश्व हिन्दू युवा संघका संयोजक ऋषिकेश जंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र बाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए ।


। उनले भने, ‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बाल क्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनु पर्नेमा जोड दिएका थिए ।

संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधा भन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।


प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १६:१२