चितवनः चितवनबाट गाई काटेको अभियोगमा प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको छ । यस्तै दुई जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बिहान निरमायाको आँगनमा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

घटनामा संलग्न हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः बुधबार, असोज १५, ०८:२४