काभ्रेपलाञ्चोकः गाई काटेको अभियोगमा महाभारत गाउँपालिका–१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बा समेत ६ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।
गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोकुले र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १६ गते बिहीबार, १९:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook