सन्धीखर्कः तीन ओटा गाई मारेको अभियोग लागेका अर्घाखाँचीमा यमबहादुर खत्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–२ का खत्रीले गाईको हत्या गरेको जिल्ला अदालत अर्घाखाँचीले प्रमाणित गरेपछि उनलाई १२ वर्षको जेल फैसला सुनाईएको हो ।

खत्रीले गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेको जाहेरी परेको सो जाहेरीका आधारमा खत्रीलाई नियन्त्रणमा लिईएको र उनले हत्या स्विकार गरेपछि अदालतले उनलाई सजाय सुनाएको हो ।

खत्रीलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम कारबाही गरिएको हो ।