तनहुँ:  दमौलीको भिमादमा मगर समुदायमा कौराहा नाच्ने प्रचलन अझै सम्म कायमै छ, भने देशका अन्य ठाँउमा यस नाचको कमी हुँदै गएको छ । मगर समुदायको मौलिक सांस्कृति नाचले गाउँघरका वस्ती रातमा रमाइला बनाइरहेका छन् । मगर समुदायमा रोधी बस्ने परम्परा पहिलैदेखि चलन्चलतीमा छ ।

कानराहा भान्जी भन्दै तन्नेरी रोदीमा प्रवेश गर्ने गीतको सुरुवात पनि कानराहा भान्जीको झेर्माेन ले माले ? नाकुमाया ले माले कानखटा भनेर मगर भाषामा नै गीत थाल्ने चलन छ । यो समुदायका युवायुवती र सबै उमेर समुहका महिला, पुरुष यस गीतका पारखी हुन् ।

वि.सं. १९८० को आसपासमा तनहुँ ऋषिङ् क्षेत्रबाट चलनमा आएको कान भनेको हामी राहा भनेको आयौं हुन्छ ।


। कानराहा अपभ्रंश भई कौराहा भनिएको हो ।

चारदेखि १५ केटीहरु र केटाहरु १० देखि ५० जनाको समुहले नाचने गर्छन । यो सामूहिक नाच भएकाले युवायुवतीहरु आफ्नो मौलिक परम्परागत भेषभुषामा सजिएर कौराहा नाचमा सहभागी हुने गर्दछन् ।  सुरु र अन्त्यका बारेमा सस्कृतिकर्मी र अग्रजका धारण फरक फरक छन ।
यसबेला तिनै मान्यातालाई पांखा लगाएर तन्नेरी लगाएत सबै उमेर समुहका महिला र पुरुष कौराहा नाचमा रमाएको भेट्न्छिन् । एउटा गाउँका केटीहरुले अर्काे गाउँका केटाहरुलाई कौराहा नाच्न बोलाउने, केटीहरुले अर्काे गाउँका केटा बोलाउने निर्णय गाउँभेला बमोजिम हुन्छ । सुपारी, चिट्ठीपत्र, कोसेली दिइएर निम्तो गर्ने चलन छ । तर आजभोलि भने यो चलन परिवर्तन भएको छ, मोबाइलबाट फोन गरेरै बोलाउने गरेका छन ।

साँझबाट सुरु गरेको नाचगाँन भोलिपल्टको साँझसम्म नचाइन्छ । नाचगान तथा खानपानमा रमाउँनु यस समुदायको मुख्य विशेषता हो । नाचगान गर्दा गर्दै एक आपसमा आत्मीयता चिनाजानी गरी बिहेवारी पनि हुन्छ ।

कौराहा नचाउँदा खानपान गरेको सबै खर्च मामाले आपसमा उठाएर नानीहरुलाई दस्तुरका रुपमा दिने गरिन्छ भने, सो रकम रुमालमा राखी दिने नाच्दै विदा हुने चलन रहेको छ ।