गुल्मी: नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले खाली राजधानीमा बसेर राजनीति गर्ने, गाउँ नजाने नेताहरुलाई अपरेशन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा पूर्व सांसद समेत रहनु भएका कांग्रेस नेता भण्डारीले कांग्रेसका रोग भनेकै जनताको सेवामा भन्दा राजधानीमा बसेर ठूलाकुरा गर्ने, पार्टीभित्र गुट खडा गर्ने जस्ता प्रवृतिले गर्दा कमजोर जनमत आएको भन्दै यस्ता नेताको अपरेशन समेत गर्नुपर्ने बताएका हुन् ।
अब काठमाण्डौमा बसेर चुनाबको टिकट लिने जमनाको अन्त्य भएको भन्दै कांग्रेस नेता भण्डारीले गाँउमा नजाने ठुलाकुरा गर्ने र चुनाबको समयमा नेताको चाकडी गरी टिकट लिने जमानाको गुल्मी कांग्रेसले अन्त्य गर्ने बताए।
।
पछिल्लो निर्वाचनमा जनताले कांग्रेसलाई सुर्धानका निम्ती हराएको भन्दै भण्डारीले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन्। उनले जुन अभियान गुल्मीले सुरुवात गरेको छ यो देशैभरि गरिनुपर्ने समेत बताएका छन् । भगवान शिवले विश्वकर्माको सिर्जना गर्नुपरेको र उनलाई दिएको सम्मानको धार्मिक प्रसंग कोट्याउँदै अव गुल्मी कांग्रेसले जसरी दलित र छुवाछुत भन्ने कुरा अन्य गरेको छ यसैगरि अन्य जिल्लाले पनि गुल्मीबाट पाठ सिक्नुपर्ने बताए ।
अहिलेको बाम सरकारले कांंग्रेसलाई बिकास निर्माणमा र अन्य बिषयहरुमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने ठोकुवा गर्दै भण्डारीले भने अहिलेको सरकारले जनतालाई दिवा सपना मात्र बाँडिरहेको छ, यसले गफ वाहेक केहि गर्न सकदैन ।
बैशाख १ गतेदेखी सुरुभएको ५० दिने गाउँ जाउँ गाउँमै रमाउ महाअभियानको समापन कार्यक्रमको सभापतित्व गुल्मीका सभापति भुवन प्रसाद क्षेष्ठ, प्रमुख अतीथि डा. रामशरण महत, अगायत अन्य नेता र जिल्लाका ९३ वटै वडाका पार्टी सभापतीहरु एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook