गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु








बाँकेः गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका १० घर भएका स्थानीयबासी ४५ वर्षिय ऋषिराम चापागाँईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




ताजा समाचार


विशेष समाचार