बैतडीः तीन दिन भयो ७८ वर्षीय दशरथ सिंह आमरण अनसनमा बसेका छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लाष्टिकको ओतमा सनसन बसेका छन् ।

मंगलबार सरकारले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’

सडक चाहिनेसँग जग्गा माग्दा सहमत नभएपछि छिमेकी गाउँ जाने सडकमा रकमान्तर गरेको उनी बताउँछन् । भन्छन्, ‘सडक विस्तार हाम्रो पनि लक्ष्य हो, अझै हामी बनाउन तयार छौं ।’ सिंह सडक नबनेसम्म अनशन जारी राख्ने बताउँछन् । उनको स्वास्थ्य कमजोर बन्न थालेको छ ।


जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा उपभोग गर्दै चढेको मोटर देख्ने रहर छ । उनी सोमबार देखि सरकारसँग सडक सुविधाको माग गर्दै अनसन बसेका छन् । राजधानी दैनिकमा समाचार छ ।