काठमाडौंः मेघा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपशमा गाभिएका छन् ।
काठमाडौंमा आइतबार भएको एक कार्यक्रमकाबीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएका हुन् । अब मेघा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ भने बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिएका छन् ।
गाभिनु अघि मेघा बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।
। गाभिएपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook