काठमाडौंः गायक आर. के लामाको आवाजमा रहेको ‘सुपारी खान’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा संगीता थापा मगरको शब्द, एन वि थापा मगरको संगीत, आर के लामाको स्वर रहेको गीत दश म्युजिकबाट सार्वजानिक गरिएको हो ।

पछिल्लो समयमा मोडलिङ यात्रामा दर्शकको मन मुटुमा रहन सफल मोडल धन्जित लामा र निरान्जली लामाका साथै मन्जित लामा र सुचन्द्र लामाको अभिनय समेटिएको छ ।

ग्यानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको उक्त भिडियोलाई अमृत चापागाईंले सम्पादन र रन्जित लामा र प्रेम लामाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

 


प्रकाशित मितिः बुधबार, पुस १६, १४:२२