काठमाडौंः गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जनक विवश न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा राजु कार्कीले एरेन्ज रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।

गीतमा प्रेमील जोडि विचको प्रेम प्रसँगलाई गीतमा ब्यक्त गरिएको छ ।

उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ ।

अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन । गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस २७ गते सोमबार, १६:४७