काठमाडौंः गायक जिवन लामाको स्वरमा ‘जानी नजानी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामाले संगीत दिएका छन् ।

प्रेमि प्रेमिकाबीचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

निकै आकर्षक रुपमा निर्माण गरिएको भिडियोमा प्रकाश खड्काको छायांकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ ।

‘जानी नजानी’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, मंसिर १६, १६:२४