काठमाडौंः नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ‘आधा लास’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ ।

जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन ।

रंजित कटुवालको छायांकन तथा निर्देशन र लोकेन्द्र सुब्बाको सम्पादन भिडियोमा रहेको छ । गीतको भिडियोमा संजय कुमार श्रेष्ठ ,नियोग भटटराई र निरु खड्काको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १६:२०