काठमाडौंः गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ ।

टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा स्वंय बब्लुले शब्द तथा संगीत गरेका छन् । बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा बिशाल घिमिरेको रहेको छ ।

भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ ।

भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु , कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन् ।

यो गीतलाई “Devendra Bablu” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, १०:५३