काठमाडौंः गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाई फिचारिंग गरिएको छ ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

यसअघि करिब दुई दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’,’प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् ।

लामो समयदेखि प्रवासमा रहेर नेपाली गीत/संगीतमा निरन्तर रुपमा अगाडि बढिरहेका यूरोप निवासी गायक सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, फागुन १८, १०:५६