काठमाडौंः गायक दिल कुमार लिम्बुको आवाजमा रहेको ‘पागल बनायौ; गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक लिम्बुकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा जुना सुन्दास, अर्जुन क्षेत्री र पुर्ण लिम्बुको अभिनय रहेको छ ।

गीतमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रेमी प्रेमिकाबीचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा समेटिएको छ । प्रेमिकाको यादमा जिवनमा भएको उतार चढावलाई गीतमा समेटिएको गायक लिम्बुले बताए ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, मंसिर २९, १०:२४