काठमाडौंः चर्चित गायिका जितु लोप्चन र गायक एंव संगीतकार निरोज लामाको आवाजमा रहेको “एदा म्हङरी“ बोलको गीत बजारमा आएको छ ।

तामाङ आधुनिक गीत काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

गीतमा सञ्चारकर्मी एंव गीतकार विवेक लोप्चनको शब्द रहेको छ भने गायक एवं संगीतकार लामाको संगीत र एरेन्ज रहेको छ । तामाङ समुदायकी चर्चित गायिका लोप्चन र उनै गायक लामाको आवाज रहेको गीतको भिडियो विभिन्न रमनिय स्थलमा छायांकन गरिएको छ ।

भिडियोलाई बासु न्यौपानेको छायांकन र ड्रोन, दिपक तामाङको सम्पादन तथा दिपक तामाङ र बुद्ध लामाले निर्देशन गरेका हुन ।

भिडियोमा मोडल रिक लामा र निरान्जली लामाको अभिनय रहेको छ ।


भिडियो हेर्नुहोस् :

 


प्रकाशित मितिः आइतबार, पुस २०, ०६:५७