काठमाडौंः गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक भएको छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।
टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ ।
टुक मान विश्वकर्माको छायांकन, दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ ।
भिडियोमा रश्मी भट्ट र ओवी रायमाझीको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १६:१८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook