काठमाडौंः नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायकद्वय बद्रि पंगेनी र राजेन्द्र भण्डारी तथा गायिकाद्वय राधिका हमाल र जमुना रानाको आवाजमा रहेको ‘घरबेटी’ गीतको भिडियो डिजिटल बजारमा आएको छ ।

राधिका हमालको शब्द सिर्जना तथा लय सिर्जना गीतमा छ । गीतमा कृष्ण पुनको एरेन्ज छ ।

दुर्गा पौडेलको छायांकन, नविन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा बविता बाँनिया ,जेरी, किशोर भण्डारी (डिट्ठासाब), सन्तोष खनाल, दिपासा विसी (जलपरी) र सुयशा खनालको अभिनय रहेको छ ।

विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ ।


। डेरामा बस्ने आम नागरिकको पिडालाई गीतमा लयात्मक रुपमा प्रस्तुत गरिएको छ । लकडाउनको अवस्थामा भाडा तिर्न नसक्दा भोगेको पिडालाई गीतमा समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, साउन ११, २०७७, ०८:३१