काठमाडौंः १६ वर्ष अघि इराकमा १२ नेपालीको बिभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर गायक रिजन गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘दशैं’सार्वजनिक गरेका छन् ।

यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ । यस गीतलाई सम्पुर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन् ।

खुशी र सुखी हुने सपना देखेर परदेशिएका नेपालीहरुको भावना यस गीतमा सुन्न सकिन्छ । म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भुमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ ।


सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन् । रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो । गायक गिरीकै युट्युव च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, असोज १७, २०७७, १७:१६