काठमाडौंः गायक शिबहरी थापाको “जब टाढा गयौ तिमी” बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको गीतमा सूर्य दयलुले संगीत भरेका छन् भने संगीत समयोजन बिपिन आचार्यले गरेका छन् ।

अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन् । अभी लामाले निर्देशन गरेका भिडियोमा समिर तामाङ र करुणा मगरले अभिनय गरेकी छिन् भने उत्तम हुमागाईंले छायांकन गरेका हुन भने फराज अर्पनले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १५ गते शनिबार, १३:०३