काठमाडौंः नेपाली पप गायनको क्षेत्रका उदयमान गायक समिर लिम्बुको आवाजमा रहेको ‘लभर ब्वाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत रहेको गीतमा प्रेम र विछोडलाई सर्वोकृष्ट रुपमा ब्यक्त गर्न खोजिएको छ ।

गीतमार्फत गायकले जिवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाज मार्फत आफनी प्रेमीकालाई ब्यक्त गरेका छन । प्रेमीकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ ।

शिरिष थापा र प्रिया लिम्बुको फिचरिङ रहेको भिडियोमा अजुन कुमार सुनारको छायाँकन, प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको निर्देशन रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, कार्तिक १५, ०९:४१