काठमाडौंः गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रीत गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ ।

यस्तै, गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द रहेको छ । गीतलाई एरेन्ज भने बिसाल गुरुङले गरेका हुन् ।

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन् । नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गायक अधिकारीको कथा, सब्बु तामाङ्गको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशक चन्दकै सम्पादन समाबेस रहेको छ ।

गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, १५:५४