काठमाडौंः गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी” को भिडियो सार्वजनिक भएको छ ।

युवा युवतीबीचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ ।

गायक परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीकाको बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन ।

आर. के. लुवाको छायांकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा श्याम विसी, सुजता शर्मा, अनु खड्का, हिमाल र मनिषा कपालीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १२:४८