काठमाडौंः गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार हिराकाजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत श्रृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ ।

लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको गीतको भिडियो काठमाडौं उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।

मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ ।


गौरव गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १५:४८