काठमाडौं: विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका अन्जु गौतमको आवाजमा रहेको “ ढल्की ढल्की जान्छु माइत ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक हुँने क्रममा गौतमले पनि आफ्नो तिज गीत सार्वजनिक गरेकी हुन् ।

समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । नेपाली नारीको आखाँको लाली , चुरा लगायतको पोसाकमा रहेर आफना पति र परिवारको सुस्वास्थ्य र दिधार्युको कामना गर्दै बत्र बस्नको लागी आफु तयार रहेको कुरालाई शिलशिलेदार रुपमा गीतमा समेटिएको छ ।

गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ ।


। गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । अन्जली अधिकारी, कासिश र ज्योतीको गीतको भिडियोमा नित्य रहेको छ ।

निकै सर्वोकृष्ट रुपमा तयार पारिएको भिडियोलाई चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।