काठमाडौंः नेपाली सुगम गीतमा राम्रो सम्भावना भएकी गायिका दिपा लामाको आवाजमा रहेको ‘तिमी म सँग’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बसन्त नाछिरिङको शब्द तथा संगीत संयोजन रहेको छ । भिडियोमा दिनेश नाछिरिङ, रजनी राई र मोहन नाछिरिङ राईको अभिनय रहेको छ ।

भिडियोमा वि पि याम्फुको छायांकन तथा सम्पादन र कोरियामा रहेर पनि लामो समयदेखि म्युजिक भिडियोको निर्देशनमा ब्यस्त निर्देशक हाङ लिम्बुको निर्देशन रहेको छ ।

प्रेम जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । प्रेममा रहेको त्याग र समपर्णलाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, फागुन १, ११:१९