काठमाडौंः गायिका पुनम श्रेष्ठको आवाजमा रहेको ‘निर्मोहीको याद’गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बविन अमात्यको शब्द, नविन श्रेष्ठको संगीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ ।

कृष्ण पाण्डेको छायांकन, जिवन सेन्चुरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा रमा ठकुरी र शशी बहादुर थापाको अभिनय रहेको छ ।

प्रेम र जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, फागुन १, १०:१३