काठमाडौंः गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।

बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलको गीत सार्वजनिक भएको हो ।

नरेश कुमार प्रधानको शब्द रहेको गीतमा सजल न्यौपानेले संगीत र बि एन निराकारले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत फिचर्ड रहेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह–निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्ः

 


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ११:५१