काठमाडौंः गायिका मेलीना राई र श्रीकृष्ण क्षेत्रीको स्वरमा रहेको ‘राम हो झुमा हो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सार्वजनिक भएको उक्त भिडियो छत्रभुमी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

बिदुर गिरिको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीले संगीत दिएका छन् ।

गाउँमै काम गर्नुपर्छ अनि आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश बोकेको उक्त म्युजिक भिडियोमा गीता ढुङ्गाना र सुनील क्षेत्रीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई राम केएसीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १६:४४