काठमाडौंः दशैंको कोशेली स्वरुप गायिका रचना रिमाल र गायक एस लामाले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ ।

गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसँगलाई समेटिएको छ । कोभिड–१९ को अवस्थामा पनि मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

पछिल्लो समयमा निकै ब्यस्त छायांकार सुरज खनालको छायांकन तथा सम्पादन भिडियोमा रहेको छ । गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १६:०५