काठमाडौंः गायिका लक्ष्मी राना मगरको आवाजमा रहेको ‘माया नक्कली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । भिडियोमा शुसिल डाँगीको छायांकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन रहेको छ । गीतको भिडियोमा सुमन परियार र स्मृती मगरको अभिनय रहेको छ ।

आफूलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउँदो सझाउँदाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । मायालुको यादले जिवनमा निकै सताएको कुरा गीतमा गायिकाले बेदना स्वरुप गीतमा ब्यक्त गरेकी छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, चैत ५, ०९:३४