काठमाडौंः गायिका सपना थापाको स्वरमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ ।

सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन् । सागर प्रधानको शब्द तथा संगीत र महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्शाइएको छ । भिडियोमा लोमश शर्मा, रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन् ।

गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, पुस १७, १२:५७