काठमाडौंः तकार अमर बहादुर श्रेष्ठको नयाँ गीत ‘पानी तालमा छ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको आवाज रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।

गायक श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् ।

सार्बजनिक म्युजिक भिडियोमा मोडल नबिन राई, चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, चैत १, १०:०५