काठमाडौंः गीतकार पुनम मोथेको नयाँ सांगीतिक कोसेली ‘पहिलो माया’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका रचना रिमालको स्वर, शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी, सुधिर श्रेष्ठ र प्रियाना आचार्य अभिनित छन् ।

प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमले आफ्नै अफिसियल युट्युब च्यानल   Poonam Mothey Official’ बाट सार्वजनिक गरेकी हुन् ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको छ ।

कोरोना कहर र बिदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेकी गीतकार मोथेको यसअघिका ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १३:०१