काठमाडौंः गीतकार प्रल्हाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत ‘सुन्छु हल्ला बजारमा’ सार्वजनिक गरेका छन् ।

यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरुप सेण्टिमेण्टल भर्सनको ‘गीत सुन्छु हल्ला’ बजारमा बोलको गीत सार्वजनिक गरेका हुन् ।

निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन् ।

बिरहका शब्द बोकेको यस गीतमा गायक सुरेश लामाको मार्मिक स्वर सुन्न सकिन्छ । गीतमा मिठो संगीत भर्ने काम कल्याण सिंहले गरेका छन् भने गोपाल रसाइलीको उत्कृष्ट संगीत संयोजन रहेको छ ।


अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका छन् । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो ।

इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, कार्तिक १६, १२:२५