काठमाडौंः गीतकार इन्दिरा बोगटीको आधुनिक गीत ‘चोखो माया’ को भिडियो सार्वजनिक भएको छ ।

गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामले गाएका छन् ।

गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी को दम्दार अभिनय देख्न पाईन्छ । गीतलाई नायिका केकी अधिकारीले खुलेर प्रसंसा गरेकी छन् ।

गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन् । गीतलाई सन्जिब बराईलीले संगीत संयोजन गरेका छन् । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका छन् ।

भिडियोमा भरत रेग्मीको सम्पादन रहेको छ ।


। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १९:३४