काठमाडौंः गीतकार हरि उप्रेतीद्वारा रचना गरिएको ”वल्ली होइन पल्ली ” गीतको भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र गायक लोक पौडेलको गीतमा स्वर रहेको छ । संजय हमालको एरेन्ज गीतमा छ ।

माया प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । मायामा रहेका युगल जोडि बीचको प्रेम वार्तालापलाई गीतमा ब्यक्त गरिएको छ ।

ज्ञानु राईको छायांकन, विर बहादुर थारुको सम्पादन तथा उषा मलाहाको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा एलिना चौहान र जिवेश गुरुङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १९:३४