बिरगंजः बिरगंज वरपरका क्षेत्रमा अनुगमन गर्दा गुणस्तरहीत सामान उत्पादन गरेको भन्दै ११ उद्योगमा शिलबन्दी गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले वीरगञ्ज वरपरका क्षेत्रमा सञ्चालित उक्त उद्योगहरुमा शिलबन्दी गरी कारवाही गरेको हो ।

कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा घ्यू, तेल, दूध, पानीलगायतका सामग्री उत्पादन गर्ने ९८ उद्योगमाथि मुद्दा दायर गरेको थियो भने २९ पटकसम्म अनुगमन समेत गरेको थियो ।

त्यसैगरी कार्यालयले सो अवधिमा हेटौँडा, चन्द्रनिगाहपुर र लालगढ रहेका होटलमा अनुगमन गरी खाद्य स्वच्छताको प्रमाणपत्र दिएको जनाएको छ ।