भक्तपुरः गृहमन्त्री रामबहादुर थापाले देशभर गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताएका छन् ।

भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले अब सबै अत्याचारको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका हुन् ।

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनुभयो । मुलुक भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उनको भनाइ थियो ।


उनले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गरेका छन् ।

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको चर्चा गरे । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उनले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन् ।