काठमाडौंः प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा अशोक लामामाथि गोली प्रहार भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरज प्रताप सिंहका अनुसार, लामो समयदेखि लामाको खोजी भइरहेको र आज युएन पार्कमा प्रहरीले नियन्त्रणमा दिन खोज्दा प्रहरीमाथी नै प्रहरीमाथी जाई लागेपछि उनलाई गोली हानिएको हो ।

उनको खुट्टामा गोली लागेको र घटनास्थलबाट १ थान पेस्तोल र दुई गोली बरामद भएको महानगरीय प्रहरी कार्यालयका आयुक्त मनोज न्यौपानेले बताए । उनीसँगै रहेका २ जना भने भाग्न सफल भएका छन् ।

विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउदै आएका थिए ।


काभ्रेली समूहका गुण्डा रुपमा चिनिदै आएका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको हो । उनलाई उपचारका लागि वीर अस्पताल पुयाइएको छ ।

३८ वर्षीय लामा गुन्डा नाइके दावा लामासँग निकट भएर गुन्डागर्दी गर्दै आएको प्रहरीको दावी छ।