काठमाडौंः काठमाडौंको कोटेश्वरबाट प्रहरीले गुण्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाहुन समूहका ‘सुटर’ दुर्गा राई रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका टोलीले राईलाई कोटेश्वरबाट शनिबार पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि राईलाई पक्राउ गरिएको हो ।

राई यसअघि पनि पाँच वर्ष जेल बसेर छुटेका थिए ।

यस्तै, प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


धिताललाई पेप्सीकोलाबाट पक्राउ गरिएको थापाले बताए ।

‘धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको गुनासो आएपछि हामीले दुबैलाई पक्राउ गरेका हौं,’ थापाले भने।


प्रकाशित मितिः आइतबार, पुस ६, १२:४२