भक्तपुरः नेपाल रेड्क्रस सोसाइटी गुण्डू उपशाखाले आज सूर्यविनायक नगरपालिका–७ स्थित रातो पाटीमा गरेको खुल्ला रक्तदान कार्यक्रममा २७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरि रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

दशैंको बेला रगतको अभाव भएकाले उपशाखाले रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस् सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिकको सहयोग र गुण्डू उपशाखाका व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल रेड्क्रस सोसाइटी गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिए ।


उपशाखाले रगत अभाव हुन नदिनका लागि विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधवार उपशाखाले सूर्यविनायक नगरपालिका–७ स्थित पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो ।

यससँगै शाखाले विभिन्न समयमा विपतमा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्यमा आवश्यक सहयोग गर्दै आएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, १९:२३