काठमाडौं: गुन्डागर्दी विरुद्ध नेपाल प्रहरीको अभियानले गुन्डा नाइकेदेखि टोले गुन्डासम्मलाई प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रहरीले बुधबार मात्रै ४ जना टोले गुन्डालाई पक्राउ गरेको छ । गोंगबु, नयाँ बसपार्क, बालाजु लगायत क्षेत्रमा गुन्डागर्दीमा संलग्न सुरेश डंगोल, राज कुमार ढुंगाना, भिम बहादुर थापा र राम कुमार घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्काउने र पैसा असुल्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार मात्र प्रहरीले दरबारमार्ग र ठमेल क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा विमल लुङगेली मगरलाई पक्राउ गरेको थियो ।