भक्तपुर: गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को तेर्हौं स्थापना दिवस सुगर, प्रेशर, रक्तदान र निःशुल्क सदस्यता वितरण गरी शनिवार सप्ताहव्यापी स्थापना दिवस मनाइयो ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा भुतपूर्व सल्लाहकार रामकृष्ण प्रजापतिले अहिले प्रेसर रोगका कारण धेरै मानिसहरु अल्पआयु अथवा युवा अवस्थामा नै आफ्नो ज्यान गुमाउनु परेको अवस्थामा सामाजिक कार्य गरी सामाजको हितको निम्ति कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले नयाँ पुस्ताहरु सवारी साधन जथाभावी हाक्नाले दुर्घटना बढी रगत अभावका कारण धेरैको मृत्यु भईरहेको अवस्थामा रक्तदान गरी मानिसहरुको जीवन बचाउने कार्य गरी पुण्य कमाएको बताए ।


। उनले यसरी कार्यक्रम गर्दा संस्थाको ख्याति बढी सदस्यता समेत बृद्धि हुने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण राम कासिछ्वा, सचिव सत्यराम ज्ञामरुले पनि बोलेका थिए भने ५७ जनाले रक्तादान, सुगर प्रेसर जाँच १६५ जनाले गरेका थिए र प्राविधिक सहयोग ख्वप बहुप्राविधि अध्ययन संस्थानका नर्सहरुको सहयोगमा भएको थियो । उक्त कार्यक्रममा निःशुल्क सदस्यता १२ जनालाई गरेको कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले बताए ।


प्रकाशित मितिः मंसिर २, सोमवार, १५:५८